परीक्षा स्थगितबारे त्रिविले बिहिबार मात्रै आधिकारिक सुचना सार्वजनिक गर्ने

चैत्र ०५,२०७६

-

चैत्र ५, २०७६ काठमाडौं ।
 
कोरोना भाईरसको संक्रमणका कारण  सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको भनियता पनि  त्रिभुवन विश्वविद्यालयले भने  अधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । 
 
सरकारले परिक्षा स्थगित गरेको निर्णय गरेको आफुले संचार मध्यमबाट थाहा पाएको र त्यसको निर्णयको लागि बैठकमा सामेल हुन गैरहेको जनाउदै त्रिविले बिहिबार मात्रै आफ्नो आधिकारिक सुचना सार्वजनिक गर्ने परिक्षा नियन्त्रक पुष्पराज जोशीले आस्था न्यूजलाई जानकारी दिनुभयो ।
 
बुधबार साझ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गरिएको निर्णय सुनाएका थिए।
 
https://www.youtube.com/watch?v=GZglPgUpYiI&feature=share&fbclid=IwAR1nqa9tBeokuQqbtdhXwi_Wq8wByEpQvevjyKAulwtNsKQR6W8bN1V67AU