तपाई छुट्नुभयो कि ?

बिपन्नका लागि स्थानीय तहले शुरु गर्दै राहात कार्यक्रम

चैत्र २२,२०७६

-

२०७६  चैत्र २२ , ललितपुर l तपाई छुट्नुभयो कि ? स्थानीय तहले लकडाउनबाट प्रभावित कम आय भएका बिपन्न गरीब , बेरोजगार , असक्त लगायतका समस्यामा परेकाहरुका लागि राहत वितरण गर्ने भएको छ l राहत वितरणकालागि स्थानीय तहले आज नामावली संकलन गरिरहेको छ l

 

ललितपुर महानगरपालिका वडा नं. १५ मा आज यस्तै नामावली संकलन गरिरहेको छ l  आज करिब चार बजेसम्म स्थानीय बसोबास गर्नेहरुको नामावली संकलन गरी महानगर पठाईने र त्यस पश्यात राहात वितरण गरिने १५ वडाका अध्यक्ष सुदर्शन मिश्रले बताउनुभयो l

 

स्थानीय तह अन्तर्गत पर्ने गरीब र समस्यामा परेका जोकोहीका लागि राहात वितरण गरिने मिश्रले बताए l परिवार संख्या हेरेर खाध्यानको परिणाम तय गरिने उनले बताए l

 

ढिलोगरी आएको राहत कार्यक्रमको प्रभावकारिता भने हेर्न बाकि छ l यति तपाईको वरपर यस्तो परिवार छन् भने कृपया यस सम्बन्धमा जानकारी दिनु होला l