ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

पुस १७, २०८० काठमाडौं । दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् । विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आउनु भएको छ ।