ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

इलामको सलकपुरमा छ करोडको सुन्तला बिक्री, बजारको समस्या छैन

पुष १, २०८० काठमाडौं । इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् ।