स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड-१९ को फाइजर खोप लगाइने

माघ २६, २०८० काठमाडौं । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड-१९ को फाइजर खोप लगाइने भएको छ । छिमेकी मुलुक भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो ।