खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

गुजरातमाथि दिल्लीको सहज जित

बैशाख ६, २०८१ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।