अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

शास्त्रले साउनमा हरियो लगाउनुपर्छ भन्दैन, रातो पहिरन नै उत्तमः व्यास आचार्य

साउन ८, २०८० काठमाडौं । पछिल्ला वर्षहरुमा साउनमा महिलाहरुका लागि हरिया कस्मेटिकले निक्कै आकर्षित बनाएको पाइन्छ । धेरै महिलाहरु साउनमा परिवारजनको दिर्घायुको कामना गर्दै हरियो पहिरनले सजिसजावट हुने गर्दछन् । मन्दिर जादा होस या अन्य दिन हातमा मेहन्दी र हरिया चुरा नलगाउनेहरु कमै भेटिन्छन् । व्यास आचार्य एकदेव उपाध्याय भने पछिल्ला समय यो विकृतिका रुपमा अघि बढेको बताउनुहुन्छ । शास्त्रमा साउन महिनालाई लिएर हरियो नै लगाउनपर्छ भन्ने कतै उल्लेख नभएकोले यो देखासिकिका रुपमा अघि बढेको चलन भएको उहाको भनाई छ