कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

महावीर पुनको सपनाः ८ करोड लगानीमा कीर्तिपुरमा‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

कार्तिक १, २०७६ काठमाडौं । काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिनुभयो ।