१० जनावरहरूको बारेमा रोचक तथ्य !

आश्विन २१,२०७५

-

२१ असोज २०७५ काठमाण्डौ l 
 
 
यो संसार प्राकृतिक सम्पदा र सम्पतिले भरिभराउ छ, तरपनि हामीलाई यो प्राकृतिक देनहरूको बारेमा सायदै थाहा होला । आज हामी तपाईँहरूलाई यस्तै किसिमका नौला र अनौठा कुराहरूको बारेमा जानकारी दिनेछौँ जुन तपाईँहरूलाई थाहा नभएको हुन सक्छ ।
 
यी १० जनावरहरू साँच्चै नै अनौठा किसिमका छन्-
 
१. हमिङ्ग बर्ड
 
यो चरा एक मात्र चरा हो जुन पछाडिबाट उड्न सक्छ, अनि यस चराले १ सेकेण्डमा ८० चोटि आफ्नो पँखेटा चलाउन सक्छ । 
 
२. बङ्गुर
 
बङ्गुरलाई नचिन्ने सायदै कोहि होला, तर के तपाईँलाई यो थाहा थियो कि उनिहरूले एक-अर्कासँग कुराकानी गर्न सक्छन् भनेर ? वैज्ञानिकहरूले अझसम्म बङ्गुरको २० शब्दलाई चिन्न सफल भइसकेका छन्, जसमा ‘मलाई भोक लाग्यो !’ पनि पर्दछ ।
 
३. कुकुर
 
घरमा कुकुर नपाले पनि कुकुरलाई नदेखेको को होला र है ? तर कुकुरहरूको नाकको छाप ठ्याक्कै मानिसको औँलाको छाप जस्तै हुन्छ नि !
 
४. शङ्खे किरा
 
झरी मौसममा शङ्खे किराहरू घर-आँगनमा आएर तपाईँहरूलाई सताउँछन् होला हैन ? तर यो किराको बारेमा थाहा पाउनुभयो भने अचम्म मान्नुहुन्छ। शङ्खे किराको आँखामा घाउ भएर अथवा केहि भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ ।
 
५. जिराफ
 
जिराफहरूको स्वर ग्रन्थि हुँदैन र उनिहरूको जीब्रो नीलो-कालो रङ्गको हुन्छ ।
 
६. लोखर्के
 
कुनै बगैँचामा जाँदा रूखको हाँगाहरूमा लोखर्के देख्नुभएको छ भने, त्यो रूख मानिसले रोपेको नहुन सक्छ । कसले रोप्यो त भनेर सोध्नुहुन्छ भने, म भन्छु, ‘लोखर्केले रोप्यो !’ कसरी थाहा छ ? लोखर्केले आफूले खानको लागि बिउ पुरेको हुन्छ र पुरेको ठाउँ बिर्सेपछि त्यो बिउ उम्रेर रूख बन्दछ ।
 
७. कमिला
 
करिब १० लाख कमिलाहरू यो संसारमा पाइन्छन् । अनि कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र उनिहरूको फोक्सो पनि हुँदैन ।
 
८. पुतली
 
आहा ! पुतली कति राम्रो हुन्छ है ? पुतलीहरूसँग दुईवटा आँखा हुन्छन् जसमा १००० वटा लेन्सहरू हुन्छन्, तर उनिहरूले केवल रातो, हरीयो र पहेँलो रङ्ग मात्रै देख्न सक्दछन्, त्यसैले होला पुतलीहरू फूलमा बढी आकर्षित हुने !
 
९. बिरालो
 
क-कसको घरमा बिरालो पालेको छ ? पालेको हुनुहुन्छ भने यो जान्न महत्वपूर्ण हुन्छ कि बिरालोको कानमा कुल ३२ वटा मांशपेशीहरू हुन्छन्, जसले गर्दा उनिहरूको सुन्ने क्षमता अरू प्राणीको भन्दा धेरै हुन्छ ।
 
१०. झिङ्गा
 
झिङ्गाहरूको आयु जम्मा १४ दिनको मात्रै हुन्छ तर उनिहरूले आफ्नो छोटो जिवनकालमा पनि आफ्नो सङ्गीतप्रेम दर्शाइरहेका हुन्छन् । उनिहरूको पखेटाबाट निस्कने ध्वनी पनि ‘एफ्’ नोटमा हुन्छ र जुन ठाउँमा ‘एफ्’ नोटको सङ्गीत बजाइरहेको हुन्छ, त्यहाँ झिङ्गा बढी आउने गर्दछन् ।