एउटा यस्तो रेष्टुरेन्ट जहाँ नाङ्गै खाना खाने गरिन्छ

मंसिर ०४,२०७५

-

४ मंसिर २०७५ काठमाण्डौ l 
 
 
 एजेंसी l बजारीरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुप भन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ ।
 
 
लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अर्गानिक खाना खान पाउँछन् ।
 
 
 
बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् ।
 
 
सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो । त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु परेको एक ग्राहकले बताए ।