बिरालो मार्ने चालकलाई दुईवर्ष जेल

माघ ०४,२०७५

-

क्वालालमपुर, ३ माघ ।
 
 
मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । 
 
गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । 
 
जनवर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गर्नुभएको थियो । 
 
क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । 
 
बिरालोको हत्या सम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । 
 
एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । 
 
दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ । 
 
यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन् । 
 
अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।” रासस