शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन

फाल्गुण २०,२०७५

-

हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
 
कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि विजहरु छर्ने