बिदेशमा उच्च शिक्षाका लागि एक्सिस एजुकेशन

फाल्गुण २२,२०७५

-आस्था न्युज

 

नेपालबाट अहिले उच्च शिक्षा अध्ययन गर्न बार्षिक पैसठी हजार भन्दा बढीको संख्यामा बिध्यार्थीहरु बिदेशमा अध्ययन गर्न गईरहेका छन् l यत्तिका संख्यामा बिध्यार्थी विदेश पठाउन हजारौको संख्यामा शैक्षिक परामर्श सेवा केन्द्रहरु रहेका छन् l ति मध्ये बिगत चौध बर्षदेखी निरन्तर रुपमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै एउटा छुट्टै विश्वसनीय पहिचान बनाउन सफल पुतलीसडकमा अवस्थीत एक्सिस ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रबन्धक निर्देशक श्री सुनिल राईसंग उच्च शिक्षा अध्ययनको बिषयमा आस्थान्युजले लिएको अन्तरवार्ता l

 

१. तपाईको बिचारमा बैदेशिक उच्च शिक्षा हासिल गर्न जानका लागि अहिलेको अवस्था कस्तो छ ?

 

अहिले को अवस्था हेर्दा नेपालबाट विदेश अध्ययन गर्न जाने बिध्यार्थीहरुको संख्या दिन प्रतिदिन बढेको देखिन्छ l अमेरिका , क्यानाडा , न्युजिल्यान्ड , अष्ट्रेलिया , जापान लगाएत का देशहरुमा बढी नेपाली बिध्यार्थी पढ्न  गएको देखिन्छ l बिशेषत: अहिले भने नेपालबाट अष्ट्रेलिया पढ्न जाने बिध्यार्थीको संख्या निक्कै नै बढेको देखिन्छ l

 

२. नेपाली बिध्यार्थीको लागि अहिले कुन राष्ट्र सहज रहेको छ ? किन ?

 

सहज र असहज भन्ने कुरा दुइवटा कुराले निर्धारण गर्दछ l  एउटा त्यो देशमा पढ्नकालागि भिसा प्रक्रिया कति सहज छ भन्ने हो भने अर्को कुरा उक्त देशको शैक्षिक संस्थामा पढ्नका लागि खर्चका हिसाबले कति सहज र उपयुक्त छ भन्ने हो l  अब अहिलेको परिस्थितिलाई हेर्दा अष्ट्रेलिया, अमेरिका र न्युजिल्यान्ड समान खालकै छन् तर बिशेष त Undergraduate लेभल को लागि अष्ट्रेलिया अलि सहज छ l  Graduate लेभलका लागि भने अष्ट्रेलिया र अमेरिका उस्तै छन् l

 

 

३. अष्ट्रेलियामा कस्तो बिध्यार्थीले कुन बिषय पढ्न जान सक्छन ?

 

अष्ट्रेलियामा बिशेषत पढाई र आर्थिक अवस्था राम्रो भएको बिध्यार्थीले सबै बिषय मा पढ्न जान सक्छन , तर नेपाली बिध्यार्थीको रोजाईको बिषयहरु भनेको चाही IT, BUSINESS, MANAGEMENT, HOSPITALITY,NURSING,ACCOUNTING, ENGINEERING जस्ता बिषयहरु छन्  l तर अन्य बिषयहरुमा पनि नेपाली बिध्यार्थीहरुले पढ्न गएको देखिन्छ l

 

४. अष्ट्रेलियामा छात्रवृत्ति र छुटको कस्तो व्यवस्था रहेको छ ?

 

अष्ट्रेलियामा छात्रवृति को खासै ब्यबस्था त हुन्न तरपनि कुनै कुनै शैक्षिक संस्थाहरुले Academic percentage र   English Proficiency score को आधारमा २० प्रतिशत देखि ५०% प्रतिशत सम्म छात्रवृति दिने गर्दछन l

 

 

५. अष्ट्रेलियामानै किन पढ्न जाने ?

 

अष्ट्रेलिया अहिले  बिश्वको तेस्रो मुख्य शैक्षिक गन्तब्य बनेको छ l  नेपालबाट मात्र नभई बिश्वका अन्य विभिन्न देशहरुबाट पनि उत्तिक्कै संख्यामा बिध्यार्थीहरु अष्ट्रेलिया पढ्नका लागि जाने गर्दछन l   अष्ट्रेलियाको मुख्य कुरा विश्वस्तरीय पढाई , अध्ययनका लागी शान्त र सुरक्षित वातावरण , अन्तराष्ट्रिय बिध्यार्थीहरुका लागी सहयोगी सरकारी नीति नियम, सुबिधाहरु हुन् l यसैले गर्दा नै बिध्यार्थीहरुले अष्ट्रेलियालाई पहिलो शैक्षिक गन्तब्यका रुपमा रुचाएका हुन्  l  

हाल अष्ट्रेलियामा Student visa मा पाक्षिक ( Fortnight) रुपमा ४०  घण्टा काम गर्न पाइन्छ, त्यहा बिध्यार्थीको पढाई शुल्क को सुरक्षाका निम्ति Tuition Protection System( TPS) लागु गरिएको छ l आफ्नो अध्ययन सकिएपछि पनि २ वर्षसम्म Post Study Work को ब्यबस्था छ र भोलि गएर योग्यताका आधारमा त्यहाको नागरिक बन्न सक्ने ब्यबस्था समेत रहेकाले पनि यो गन्तब्य बढी रुचाइएको हुन सक्छ l

 

अष्ट्रेलियामा पढ्न जाने धेरै बिध्यार्थी संख्यामा नेपाल, चाइना र इंडिया पछिको  तेस्रो नम्बरमा पर्दछ l त्यस्तै अहिलेको आकडा हेर्नेहो भने नेपालबाट  सन् २०१८ सालमा सन् २०१७ सालको तुलनामा अष्ट्रेलिया जाने बिध्यार्थीको संख्या झन्डै ५२ % प्रतिशतले बढेर लगभग  ६५००० को हाराहारीमा रहेको छ l

 

समग्रमा एउटा बिध्यार्थी नेपालबाट विदेशमा गई हामीले पठाएका  शैक्षिक संस्थाहरुमा अध्ययन सक्दा सम्मको आवश्यक सम्पूर्ण सेवा र सहयोग उपलब्ध गराउने भएकाले यी सेवाहरु हामी कहाँबाट बिध्यार्थीहरुले प्राप्त गर्न सक्दछन् l

 

 

६. एक्सीस एजुकेशनमा अष्ट्रेलिया पढ्न जान चाहने बिध्यार्थीले कस्तो सेवा प्राप्त गर्दछन ?

 

हामी यो क्षेत्रमा सन् २००४ देखि आजसम्म लगभग १४ वर्ष देखि अनबरत रुपमा लागि रहेका छौ l  हाम्रो मुख्य उद्धेश्य नै बिध्यार्थीहरुलाई उपयुक्त , सहि र यथार्थामा आधारित सत्य तथ्य जानकारी दिने हो l  उनीहरुको शिक्षा र आर्थिक अबस्थालाई सुहाउदो बिषय र शैक्षिक संस्थामा भर्ना गर्ने , त्यसका लागि भिसा  प्रक्रिय मा आवश्यक प्रकियागत सहयोग र मार्गनिर्देश गर्ने, भिसा प्राप्त पश्चात Pre-Departure Orientation तथा विदेशमा रहदा सम्म उनीहरुलाई भैई परि आउने समस्याहरुका लागि सहयोग गर्ने सम्म का सेवाहरु दिईरहेका छौ l  समग्रमा एउटा बिध्यार्थी नेपालबाट विदेशमा गई हामीले पठाएका  शैक्षिक संस्थाहरुमा अध्ययन सक्दा सम्मको आवश्यक सम्पूर्ण सेवा र सहयोग उपलब्ध गराउने भएकाले यी सेवाहरु हामी कहाँबाट बिध्यार्थीहरुले प्राप्त गर्न सक्दछन् l

 

७. एक्सीस एजुकेशनले हाल सम्म कति जना बिध्यार्थीहरुको भिसा लगाउन सफल भएको छ ?

अब बिध्यार्थी भिसा को संख्या त धेरै नै भए अब एकिन संख्या भन्दा पनि हाम्रो संस्थाबाट धेरै संख्यामा बिध्यार्थीहरु अमेरिका , अष्ट्रेलिया लगाएतका देशहरुमा अध्ययनको लागि जानु भएको छ र हाम्रो सेवा तथा सुबिधा र सहि परामर्श अनि प्रोसेसिङ्गकै कारणले आज ति बिध्यार्थीहरुकै आफन्त, साथीभाईहरु पुन: हामी कहाँ यो सेवा लिनु आइरहनु हुन्छ l

 

 

८. एक्सीस एजुकेशन मार्फत अरु कुन कुन सेवा र सुबिधा प्राप्त गर्न सकिन्छ र कसरी ?

 

हामीले अष्ट्रेलिया पढ्न जानका लागि चाहिने आइईएलटीएस. (IELTS) को कक्षा संचालन गरिरहेका छौ बिशेषत अष्ट्रेलिया जाने  तयारी गर्ने  बिध्यार्थीको लागि IELTS शुल्कमा बिशेष छुट पनि दिएका छौ l  त्यस्तै गरेर भिसा प्रकिया का सम्पूर्ण प्रोसेसिङ्गमा हामीले पूर्ण सहयोग तथा निर्देश (guidance ) गर्दछौ l  साथै  अष्ट्रेलियामा रोजगार तथा बसाइको लागि पनि पूर्ण सहयोग गरिरहेका छौ l समग्रमा बिदेशमा उच्च शिक्षा हासिल गर्न चाहने बिध्यार्थीहरुका लागि आवश्यक सम्पूर्ण शैक्षिक परामर्श सेवा प्रदान गर्दछौ l

 

९. एक्सीस एजुकेशनमा कसरी सम्पर्क गर्ने ?

 

हामी पुतलीसडक , काठमाडौँ माछापुछ्रे बैंक नजिकै छौ l  हाम्रो सम्पर्क नम्बरमा पनि सम्पर्क गर्न सक्नु हुन्छ तथा काठमाडौँ बाहिरका बिध्यार्थीले ईमेलबाट पनि डकुमेन्ट पठाएर प्रोसेसिङ्ग गर्न सक्नु हुन्छ l

हाम्रो फोन नम्बर रहेको छ : ०१-४४१९९७२ / ०१ ५९००२५३ / मोबाइल नम्बर : ९८४१६०००७८

त्यस्तै इमेल : axisintl.edu@gmail.com रहेको छ l  हाम्रो बारेमा दैनिक जानकारी तथा भिसा नियमहरु थाहा पाइरहनु को लागि हाम्रो आधिकारिक FACEBOOK Page  (www.facebook.com/axis.edu.np ) लाई लाइक गरेर लिंकमा गएर पनि जानकारीहरु पाउन सक्नु हुन्छ l समग्रमा एउटा बिध्यार्थी नेपालबाट विदेशमा गई हामीले पठाएका  शैक्षिक संस्थाहरुमा अध्ययन सक्दा सम्मको आवश्यक सम्पूर्ण सेवा र सहयोग उपलब्ध गराउने भएकाले यी सेवाहरु हामी कहाँबाट बिध्यार्थीहरुले प्राप्त गर्न सक्दछन् l