फोरजी विस्तारका लागि ६५ प्रतिशत सर्भे

बैशाख ०५,२०७६

-

बैसाख ५, २०७५ काठमाडौं ।
नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएको छ । कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भएको  छ ।
 
फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्‍यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।
 
उनीहरुले फोरजी विस्तारका लागि हाल सर्वेक्षणको काम तीव्र पारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
 
टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।
 
र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । एक वर्ष भित्रमा परियोजना सम्पन्न गर्ने गरी गत माघ २० मै सम्झौता भइसकेको छ ।
 
नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति ०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो ।
 
देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ ।
 
यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न सकिनेछ ।