२८ सय रुपैयाँमा किनेको कचौरा ५७ लाखमा बिक्यो

जेठ ०६,२०७६

-

काठमाडौं –  [एजेन्सीे]  बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल ९कचौरा ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । 
 
सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँमा पाए । चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो । 
 
एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राखियो । 
 
कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो ।