जनउभारको साथ पाएका कुलमान घिसिङ...!

जेठ ०९,२०७६

-विनोद त्रिपाठी :

जेष्ठ ९, २०७६ काठमाडौं ।
आज म नयाँ कुरा जानकारी दिनेछु । कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तारको भएको’ समाचार बाहिर आएको छ, यो कुरा बिल्कुल झुट हो । अमनलालको निर्बाचन क्षेत्रमा देखिएको बिद्युत बिस्तारको काम मुख्य कारण होइन । कुलमान घिसिङलाई बिद्युत प्राधिकरणबाट हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरु यो सरकार गठनको शुरुकै दिनदेखि नै क्रम्मर कसेर लागेका थिए र छन् । 
 
जनार्दन शर्मा, भीम रावल बाहेक सबैजसोले कुलमानलाई हटाउन पार्टी नेतृत्वलाई भरपुर दबाब दिइरहेका छन् । तपाईलाई लाग्ला, के यो कुरा साँचो हो? अब हेर्नुस कारण ।
 
१, अमनलाल मोदीलाई पार्टी नेतृत्वले प्रयोग गर्ने हिसाबले उनलाई सांसद बनाइएको हो । यिनी कुनै राजनीति पृष्ठभुमिका नेता होइनन् । यस्तै माफियाकरण गर्न शिर्ष नेताले प्रयोगमा ल्याउन उनलाई सांसद बनाइएको थियो ।
 
२, सार्बजनिक लेखासमितिको मंगलबारको बैठकमा कुलमानलाई सातो लिने सत्तारुढ नेकपा र सरकारको पुर्ब तयारी थियो । सत्तारुढ बाहेकका सांसदले कुलमानको बचाउ गरेका थिए । नेकपाको शिर्ष नेतृत्वको जुन तयारीलाई अमनलालले ओकेलेका मात्र हुन् ।
 
३, तपाईहरु धेरैलाई थाहा नहुन सक्छ, कुलमान कुनै बेला माओबादी निकट थिए । तर, मंगलबारको सार्बजनिक लेखा समितिको बैठकमा कांग्रेसका सांसदहरु कुलमानको पक्षमा थिए । सबै कम्युनिष्ट सांसदहरु अमनलालको पक्षमा बोलेका थिए ।
 
४, माओबादीले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन कुलमानलाई अघिल्लो पटक प्रयास गर्ने पहिलो ब्यक्ति जनार्दन शर्मा हुन् । किनकी बिद्यार्थीकालमा जनार्दन र कुलमान एउटै मोर्चामा राजनीति गर्थे ।
 
५, कुलमानले माफियाको साथ नदिएर लोडसेडिङ हटाएपछि जनार्दन शर्मा संग तत्कालिन उर्जामन्त्री हुँदा सबैभन्दा बढि तत्कालिन एमालेका र केहि माओबादीकै नेताहरु रुष्ट भएका थिए । त्यतिबेला जनार्दन शर्मालाई लोडसेडिङ नहटाउन पार्टी भित्रबाट ठुलो दबाब आएको थियो । यी सहकर्मीद्धय कुलमान र जनार्दनको जोडबलले मात्र लोडसेडिङ हटेको थियो ।
 
५, त्यतिबेला जनार्दन शर्माले माफियाहरुको निर्देशन अनुसार शिर्ष नेताहरुको दबाब मानेको भए संभवत आज लोडसेडिङ कायम रहन्थ्यो । भारतबाट बिजुली आयात वा अन्य कारण यसमा गौण थिए । यसको प्रमाण खोज्न तपाईहरुलाई मेलम्चीकै उदाहरण दिन्छु । मेलम्ची खानेपानी आयोजना गत बर्षको असोजमा सम्पन्न हुनेवाला थियो । त्यहि अनुसार, आयोजनाले २०७४ सालको असोजमा पानी बितरण गर्ने प्रचार गरिसकेको थियो ।
 
तर, जब विना राना मगर ९पुर्ब माओबादी कमाण्डर पुष्पकमल दाहाल की लेआइते बुहारी० खानेपानी मन्त्री भइन्, तब माफियाहरुले यी विना मगरलाई प्रयोग गरेर काठमाडौंमा आउने पानी रोकिदिए । जनार्दन शर्मा विना मगर जस्तै भइदिएको भए अहिलेसम्म लोडसेडिङ कायमै हुन्थ्यो । त्यसैले, भारतबाट आयातीत बिजुलीको कारण लोडसेडिङ हटेको भन्नु मिथ्या हो ।
 
६, अहिले बिद्युतका माफियादेखि एनसेलसम्म, ठेकेदारका दलालदेखि बढुवा सरुवाका बिचौलियासम्म, भुमाफियादेखि मेडिकल शिक्षाका माफियाका ब्यक्तिले सत्तारुढ दलका शिर्ष नेतृत्वलाई आफ्नो मुठीमा लिइसकेका छन् । अमनलाल मोदी यिनै मध्येका एक पात्र हुन् । जुन पात्रलाई अहिले स्वंय सत्तारुढ दलका नेताहरुले प्रयोग गरिरहेका छन् ।
 
७, कुनै दिन कुलमान घिसिङलाई सरकारले डा. गोबिन्द केसीलाई जस्तै शिकार बनाउने र अनेक आरोप करार गरिदिने निश्चित छ । खासगरि, पछिल्लो पटक कुलमानको पक्षमा चौपट बढेको जनउभारलाई मध्यनजर राखेर सरकारले कुलमानलाई हटाउन नचाहेको मात्र हो।
८, गोबिन्द केसीको भन्दा अत्यधिक जनसमर्थन कुलमानको पक्षमा भएकोले सत्तारुढ दलका शिर्ष नेताहरु सोझै आफ्नो मुखबाट कुलमानको बिरोध नगरेका मात्र हुन् ।
 
९, कुलमानको बिरुद्ध प्रयोग गर्न जनार्दन शर्मालाई सत्तारुढ नेकपाले निकै प्रयत्न गर्यो । जनार्दन शर्माले यो कुरा नमानेपछि उनलाई दिन लागिएको गृहमन्त्रीको पद नदिने निर्णयमा नेकपा पुगेको छ । पछिल्लो पटक जनार्दनलाई गृहमन्त्री हुनबाट रोक्न रामबहादुर थापाले गुट परिवर्तन गरेर केपी ओली समुहमा मिसिन पुगिसकेका छन् ।
 
१०, अमनलाल मोदीले कुलमानसंग क्षतिपुर्तिका नाममा घुस माग्नुको कारण अर्के थियो । अमनलालले सत्तारुढ दलका नेताकै अनुरोधमा क्षतिपुर्तिका नाममा पैसा मागेका थिए । कुलमानले पैसा दिए दिन्छ , नदिए यहि बहानामा पदबाट हटाउन पाइन्छ भन्ने पुर्ब गुरुयोजना सत्तारुढ नेकपा नेतृत्वले गरेको थियो । यसैले, सत्ताधारी दलबाट अब पहिलो शिकार कुलमान हुनेमा कुनै शंका छैन ।
 
अतः सबै एकजुट भएर गत बर्ष झैं फेरि एक पटक सम्पुर्ण जनताले नेपालको पहिलो उज्यालोदाता कुलमान घिसिङलाई साथ दिन आबस्यक छ ।
 
कुलमानलाई संसदीय समितिमा मोदीले आरोप लगाउने बितिकै पत्रकार त्रिपाठीले लेखेको फेसबुकपोष्ट 
 
कुलमान घिसिङ हटाउन आज एउटा तुरुप फालिएको छ । धेरैलाई थाहा नहुन सक्छ, जनार्दन शर्मा उर्जामन्त्रीबाट हटेपछि देखि नै कुलमानलाई हटाउने खेल भएको थियो । तर, ब्यापक जनदबाब भएकोले त्यसपछिका उर्जामन्त्रीहरु चुप लागेका थिए । यहाँ राजनीति वा पार्टीका कुरै नगरौं । ब्यक्तिको कामको मात्र मुल्यांकनको कुरा हो यो ।
 
कुलमानलाई हटाउन काँग्रेसको भन्दा कम्युनिष्टको ठुलो समुह खनिएको थियो । हेर्दा रुपमा कम्युनिष्ट सरकारको पालामा कुलमानले लोडसेडिङ हटाएको देखिए पनि सारमा यसको अन्तर्य अर्के छ । राजनीति आँखाले नहेर्ने हो भने कुलमानलाई ठुलो साथ र सहयोग जनार्दन शर्माको मात्र हो र छ ।
 
लोडसेडिङ हटेपछि केहि माफियाहरु कुलमानलााई हटाउन नेकपा अध्यक्षद्धयको घर र कार्यालयमा अड्डा जमाएर बसेका थिए । अध्यक्षद्धयले कुलमानलाई हटाउने ठुलो प्रयास नगरेका होइनन् । कुलमानलाई हटाउँदा पार्टी नांगिने, सरकारै ढल्न सक्नेगरि जनताको बिरोध आउन सक्ने देखेर थामथुम पारिएको थियो । अहिले पनि लोडसेडिङ गर्न चाहने माफियाहरुको अर्बौं पैसाहरु नेकपाका शिर्ष नेताका घरघरमा पुगिरहेको छ । सबैभन्दा धेरै रकम अध्यक्ष पुष्पकमल दाहाल कहाँ पुग्ने गरेको छ ।
 
आज तिनै माफियाहरुको चंगुलमा नेकपाका सबै शक्तिशाली नेताहरु फंसिसकेका छन् । छिटै कुनै दिन कुलमान हटे भने कारण यहि हो भन्ने सबैले प्रष्ट बुझ्दा हुन्छ । आज नेपालका पहिलो उज्यालोदाता कुलमान घिसिङ एक्लो बृहस्पती भइरहेका छन् ।
 
पत्रकार त्रिपाठीको फेसबुक पेजबाट