पोखरामा बृहत कृषि बजारको स्थापना

जेठ २०,२०७६

-आस्था न्युज

२०७६ जेष्ठ २०, पोखरा l  

पोखरामा बृहत कृषि बजारको स्थापना गरिएको छ l त्रिकोण कृषि सहकारी संस्था लिमिटेडले कृषक र उपभोक्तालाई जोड्न कृषि बजार स्थापना गरेको हो  l

एकातर्फ आम कृषकहरु बजारको पहुचबाट टाढा रहेका छन् भने अर्को तर्फ आम उपभोक्ताहरु महँगोमा कृषि उत्पादन खरीद गर्न बाध्य छन् l

 

बिचौलियाको हालीमुहालीका कारण उपभोक्ता र कृषक दुवै मारमा परिरहेको परिप्रेक्ष्यमा पोखरामा कृषक र उपभोक्तालाई जोड्न कृषक बजार स्थापना गरिएको त्रिकोण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोकेन्द्र अर्याल बताउनुहुन्छ l

 

बजार स्थापना भएपछि उपभोक्तालाई आवश्य सम्पूर्ण कृषि उत्पादन लगायत अन्य दैनिक उपभोग्य सामाग्री समेत सहज , सस्तो र एक्कै ठाउँबाट उपलब्ध गराउने उद्देश्य यस बजारले लिएको छ l कृषि सहकारीकै पहलमा स्थापित यस बजारको बारेमा अध्यक्ष लोकेन्द्र अर्याल संग आस्था न्युजका सम्पादक पारस पोखरेलले पोखरामा लिनु भएको अन्तर्वार्ता माथिको भिडियोमा प्रस्तुत गरिएको छ l