नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर

जेठ २८,२०७६

-

जेठ २८, २०७६ काठमाडौं ।
 
नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा मंगलबार जेनेभामा हस्ताक्षर भएको छ । २५ हजार डलर प्रतिब्यक्ति आय भएको मौरिसससँग नेपालले पहिलो विप्पा सम्झौता गरेको थियो ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र समकक्षी श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
 
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सतवार्षिकीमा सहभागी हुन जेनेभा पुगेको मौकामा समझदारीमा हस्ताक्षर भएको हो। विष्टका अनुसार रोजगारदाता पे मोडलको आधारमा श्रम समझदारी भएको हो। रोजगारदाताले पारदर्शिता, निष्पक्षताको रुपमा श्रमिक भर्ना गरिने उनले बताए ।
 
बिना लागतमा श्रमिक भर्ना गर्नको लागि दुवै देशले नियमन र नियन्त्रण गरिनेछ। सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण गर्न दुबै देश सहमत भएको छ। कान्तिपुर