नेपालीलाई प्रभावित बनाउने अमेरिकी नयाँ नीति : आप्रवासी तत्काल देश निकाला हुने

श्रावण ०७,२०७६

गत साता अमेरिकाले फर्काएका ग्वाटेमालाका नागरिकहरु ।

-

काठमाठौं । अमेरिकाले ल्याएको नयाँ नीतिले नेपाली पनि प्रभावित हुने भएका छन् । अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने गरी नयाँ नीति बनाएको बीबीसीले जनाएको छ । यो नीति अनुसार अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर बसेका आप्रवासीलाई तुरुन्त घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको छ ।
 
मंगलबार सार्वजनिक भएको यो नीति तुरुन्त लागू हुनेछ । नयाँ नियमअनुसार आधिकारिता पुष्टी गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाइनेछ ।
 
आप्रबासी प्रति निक्कै अनुदार देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति नै बनाएर आप्राबासी हटाउने योजना बनाएको विश्लेषण गरिएको छ । २०२० मा हुने पुन निर्वाचन अभियानका रुपमा पनि यो नियमलाई हेरिएको छ ।
 
यो नीति लागू हुँदा अमेरिकामा गैर कानूनी रुपमा बसेका नेपाली पनि प्रभावित हुने भएका छन् ।