शितल ट्रेनिङको पोखरामा सुरक्षा गार्ड सेवा – सुरक्षा र रोजगार दुवै

श्रावण ११,२०७६

-आस्था न्युज

श्रावण ११ , २०७६, पोखरा l  सुरक्षा सबैको चासोको बिषय हो l घर होस् वा कार्यालय,व्यक्तिको होस् वा सम्पतिको सुरक्षाको प्रत्याभूति सबैले खोजेकै हुन्छन् l सुरक्षाको सुनिश्चिता बिना कुनै व्यवसाय वा कार्य संचालन गर्न प्राय असम्भव रहेको छ l  जति जति व्यवसाय फैलदै जान्छ वा व्यक्ति र सम्पतिको मुल्य र महत्व बढ्दै जान्छ त्यतिनै सुरक्षाको आवश्यकता बढ्दै जान्छ l यसर्थ सुरक्षा अहिलेको समयको प्राथमिकताको बिषय र समयको माग बन्न पुगेको छ l यसैलाई मध्यनजर गर्दै पोखरामा खोलिएको शितल ट्रेनिङ एण्ड सेक्युरिटी सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक लोकेन्द्र अर्यालसंग आस्था न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौ l

 

घर , कार्यालय , गोदाम , स्कुल , बैंक , होटल आदिको सुरक्षामा सुरक्षाको प्रत्याभूति दिन पोखरामा रहेको शितल ट्रेनिङ एण्ड सेक्युरिटी सर्भिस प्रा.लि. सुरक्षा सेवाका लागि विश्वासिलो नाम बन्न सफल भएको छ l छोटो समयमा नै पोखरा लगायत गण्डकी प्रदेशमा आफ्नो सेवा बिस्तार गर्न सफल भएको छ l तालिम प्राप्त सुरक्षा गार्ड प्रदान गरी २४ सै घण्टा बिश्वाशिलो सेवा प्रदान गर्ने कारण पहिलो रोजाईको कम्पनी बन्न सफल भएको छ l

 

लामो समय बिदेशमा बसेर स्वदेशमा नै केहि गर्नुपर्छ भनेर फर्केका लोकेन्द्र अर्याल कम्पनीलाई यस स्थान सम्म पुर्याउन आफ्नो सेवा, ईमान्दरिता, कर्मनिष्ठ कर्मचारी र तालिमको व्यवस्था रहेको बताउनुहुन्छ l कम्पनीले सेवा मात्र दिने नभएर रोजगारीको अवसर पनि प्रदान गरिरहेको बताउनुहुन्छ l कम्पनीले स्वदेशमा बसेर नै केहि गर्न चाहने युवाहरुलाई तालिम प्रदान गरी स्वरोजगार र रोजगारी दिने व्यवस्था मिलाएको छ  l

 

यदि तपाई कुनै भरपर्दो सुरक्षा सेवा प्रदायक कम्पनीको खोजीमा हुनुहुन्छ वा सुरक्षा गार्ड भई कार्य गर्न चाहनुहुन्छ भने शितल ट्रेनिङ एण्ड सेक्युरिटी सर्भिस प्रा.लि. तपाईको लागि सहि कम्पनी बन्न सक्दछ l थप जानकारीको लागि कम्पनीको सेवा र अन्य कार्यक्रमका बिषयमा लिईएको अन्तर्वार्ता हेर्नुहोला l