प्रधानमन्त्री ओलीको बुद्धि बंगारा खुस्कियो,-ओलीले भने,‘अस्थायी बिरामी भएको छु ’

श्रावण ११,२०७६

-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्थायी बिरामी भएको बताएका छन् । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घ्घाटन गर्दे प्रधानमन्त्री ओलीले आफू नक्कली बिरामी नभएको बताए । उनले अहिलेका व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्थाको चर्चा गरेका थिए । आफ्नी हजुरआमा १०१ वर्ष हुँदा पनि स्वस्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले शुक्रबार राति आफ्नो बुद्धि बंगारो खुस्किएको जानकारी दिएका थिए ।  ‘हिजोराति दाहिनेपट्टिको बुद्धी बंगारो आफैँ खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन । बंगारो अशक्त भएको रहेछ ।’  आफू  ६७ वर्षकै उमेरमा अवस्थ भएकोबारे उनले  चर्चा गरे । 
   भवन उद्घ्घाटनका लागि बिहान  ९ बजे निर्धारित समय तोकिए पनि प्रधानमन्त्री ओली करिब एक घण्टा ढिलो उपस्थित भएका थिए ।  अस्वस्थ महसुस भएपछि अलिबेरसम्म सुतेको र कार्यक्रममा आउन ढिलो भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको उनले सुनाए । असक्त भएर नआउने खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी विरामी हो, नक्कली चाहिँ होइन ।’ प्रधानमन्त्री ओलीले औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको बताए ।