सुनको मुल्य अहिलेसम्मकै उच्च,६५ हजार ८ सय रुपैयाँमा कारोबार

श्रावण १९,२०७६

-

 साउन १९, २०७६ काठमाडौं । 
 
 सुनको भाउ अहिलेसम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आइतबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ६३ हजार ३ सय पुगेको हो।
 
सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५ सयले बढेर अहिलेसम्मकै उच्च भएको हो। 
 
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलाको ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।