नेताले जातीय विभेद हुनेगरी अभिव्यक्ति दिए अस्वीकार गर्न ओबामाको आग्रह

श्रावण २१,२०७६

-

साउन २१,२०७६ काठमाडौं ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिकलाई उनीहरुका नेताबाट घृणालाई र जातीय विभेदलाई प्रोत्साहन गर्ने गरी व्यक्त गरिने अभिव्यक्तिलाई अस्वीकार गर्न आग्रह गरेका छन् । 
 
ओबामाले कसैको पनि नाम उल्लेख नगरी त्यसो भनेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीका विरुद्धमा अभिव्यक्ति दिइरहेको बेलामा यदाकदा मात्रै बोल्ने ओबामाले सोमबार वक्तव्य नै जारी गरेर अमेरिकी नागरिकलाई सो आग्रह गरेका हुन् ।
 
यद्यपि राष्ट्रपति ट्रम्पले पनि सोमबार भने घृणा र ‘व्हाइट सुप्रिमेसी’को निन्दा गरेका थिए । हालै ओहियो र टेक्सासमा भएका दुई छुट्टाछुट्टै गोली काण्डमा अहिले सम्म ३१ जनाको मृत्यु भइसकेको छ । 
 
आफू राष्ट्रपति भएका बेलामा ट्रम्पले बन्दुकमाथिको स्वामित्वलाई प्रतिबन्ध लगाउने तयारी गरेपनि उनी असफल भएका थिए । उनले बीबीसीसँगको कुराकानीमा २०१५ मा बन्दुकबाट सुरक्षा सम्बन्धी कानुन पास गर्न असफल भएको घटनालाई आफ्नो राष्ट्रपति कालकै सबैभन्दा निराशाजनक अवस्था भएको बताएका थिए । 
 
उनले राष्ट्रपति ट्रम्पले आप्रवासीका विरुद्धमा राख्दै आएको धारणाका बारेमा चाहिँ सोझै केही पनि बोलेका छैनन् । 
बीबीसी