उपत्यका समन्वय समिति ललितपुरमा सुजन बराईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

श्रावण २४,२०७६

-

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति ललितपुरको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनले सुजन बराईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
 
साउन २२ गते सम्पन्न अधिबेशनबाट प्रथम उपाध्यक्षमा तोला चन्द ठकुरी, द्धितिय उपाध्यक्ष दामोदर भण्डारी, महिला उपाध्यक्ष बेलीमाया पुलामी, सचिव रोशन गैरे, कोषाध्यक्ष कुमार रणपहेली, सहसचिव अनिल परियार, सहकोषाध्यक्ष सिर्जना हुमागाई, प्रवक्ता प्रकाश बराईली ूअभिब्यक्तीू , कार्यक्रम संयोजक लेखनाथ बस्नेत, महिला संयोजक मुना रोक्का, सदस्यहरु कसम हमाल, खेम दर्लामी मगर, सुर्य क्याप्छाकी मगर, अनिशा गुरुङ, भरत गुरुङ, जिवन लामा, चन्द्रकला पुन, सरु बोहरा, बाबुराम भट्टराई, बिक्रम थापा, मोहन बिश्वकर्मा, भरत परियार, शन्देश अधिकारी लगायत निर्वाचित भएका हुन।
 
समितीका अध्यक्ष आर. सि काईरालाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, केन्द्रिय सदस्य शिब हमाल, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
 
उक्त कार्यक्रममा सुजन बराईलीले कार्यक्रम सञ्चालन गरेका थिए भने मिडिया संयोजकका रुपमा पत्रकार प्रकाश बराईली अभिब्यक्ती रहेका थिए ।