मेघ गर्जनसहित वर्षाको अनुमान, यस्तो छ तीन दिनको मौसमी अवस्था

श्रावण २६,२०७६

-

काठमाडौं ।  मुलुकभरको मौसमी अवस्था पुनः एकपटक बदली भएको छ । केही दिन सुधारिएको मौसममा एकाएक परिवर्तन आएको हो । आइतबार रातिदेखि नै काठमाडौं उपत्यकाको मौसममा बदली भइरहेको छ । मध्य र पश्चिमका स्थानमा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मेघगर्जनसहित वर्षा र चट्याङ पनि परेको छ । मनसुन पूर्ण रुपले सक्रिय नभए पनि केही रुपले सक्रिय भएको महाशाखाको निष्कर्ष छ । पछिल्लो दिनमा पहाडी भेगमा पनि वर्षा निरन्तर बृद्धि हुन थालेको छ । चितवन लगायतका क्षेत्रमा वर्षा हुने क्रम रहेकाले त्यसले काठमाडौंलाई पनि असर पार्ने वरिष्ठ मौसमविद् शान्ति कडेंलले जानकारी दिइन् । उनका अनुसार शनिबार राति पूर्वको झापा, मोरङ सुनसरी र आसपासका क्षेत्रमा मेघ गर्जनसहित वर्षा भएको थियो ।
 
यस्तो छ मंगलबारसम्मको मौसमी अवस्था :
 
श्रावण २६ गते आइतबार
 
दिउँसो स् देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
 
राती स् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
 
श्रावण २७ गते सोमबार
 
दिउँसो स् देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
 
राती स् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
 
श्रावण २८ गते मंगलबार
 
दिउँसो स् देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्य पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
 
राती स् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।(रासस)