सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्किए प्रधानमन्त्री ओली

श्रावण २७,२०७६

-

साउन २७,२०७६ काठमाडौं । 
स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । 
 
उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।
 
प्रधानमन्त्री ओलीले स्वास्थ्यबारे जानकारी कुनैजानकारी दिएनन् ।
 
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङ लगायत विमानस्थलमा पुगेका थिए ।