प्रकाशका नाममा विदेशी बैंकमा २१ अर्ब रहेको प्रमाणित गर्न अपिल

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
 नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको निजी सचिवालयले एक अपिलमार्फत स्पष्ट पारेको छ ।
 
प्रकाशका नाममा विदेशी वैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएपछि अध्यक्ष दाहालको निजी सचिवालयले मंगलबार अपिल नै जारी गरेर समाचार गलत भएको जनाएको छ । निजी सचिवालयले गलत प्रचार गर्नेलाई कारबाही गर्न माग गर्दै बैंक खाता र पैसा देखाउन चुनौती पनि दिएको छ ।
 
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको अपिलमा ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं  भनिएको छ।
 
परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा  अपील गरिएको छ ।