माछालाई थापेको जालमा परेर २ जनाको मृत्यु

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ । 
 
ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृत्यु भएको हो । 
 
निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो ।