अब बिएलाई पनि चारवर्षे बनाउने त्रिविको निर्णय

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए । 
 
कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ । यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । 
 
विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको डिन भुसालले बताए । ती विषयको समेत फ्रेमवर्क आइसकेको र विस्तृत छिटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए । 
 
राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।