आरक्षण कार्यान्वयनको माग गर्दै जनजाति संघसंस्थाद्धारा बालुवाटारमा प्रदर्शन

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाहरूले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्। संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।
 
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरूले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरे। प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर’ भन्दै नाराबाजी गरेका थिए।
 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नाराबाजी गरेका थिए ।