महोत्तरीका वडाध्यक्ष मोहमद रफिक डेढ लाख घुससहित पक्राउ

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
महोत्तरी भँगाहा नगरपालिका-८ का वडाध्यक्ष मोहमद रफिक आलम डेढ लाख घुससहित पक्राउ परेका छन् ।
 
सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराइदिए वापत वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० घुस लिदाँलिँदै पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं ९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । नियन्त्रणमा लिइ सोधपुछ गर्दा वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य कारी साहले अह्राएअनुसार लिएको बयान दिएपछि भँगाहा नगरपालिका-२ स्थित सितापुर चोकबाट वडाध्यक्ष मोरफिक आलम र वडा सदस्य साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अन्नपूर्ण