श्रमिकहरुको मासिक तलब बैङ्कमार्फत भुक्तानी गर्न श्रम मन्त्रालयको निर्देशन

श्रावण ३२,२०७६

-

साउन ३२, २०७६ काठमाडौं ।
 
सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो ।
 
सूचनामा श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोके अनुसार न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा इमानदारीका साथ उपलब्ध गराउन आग्रह गरिएको छ ।
 
सूचनामा मन्त्रालयले श्रम कानुनले निर्दिष्ट गरेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा श्रमिकहरुलाई उपलब्ध नगराउने उद्योग र प्रतिष्ठानमाथि कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
 
आजको कान्तिपुर दैनिकमा खबर छ ।