रवि लामिछानेलाई रिहा गरेर अनुशन्धान गर्नुपर्ने चर्को दवाव

श्रावण ३२,२०७६

-

आस्था न्युज बिशेष रिपोर्ट
काठमाडौं । चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेको ३ दिन भइसकेको छ । हिजो शुक्रबार उनलाई चितवन अदालतले ५ दिन थुनामा राखेर अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । थुनामै राखेर अनुशन्धान गर्ने जुन आदेश अदालतले दियो, यसलाई बुद्धिजिवी बर्ग र सर्बसाधारणहरुले चर्को आलोचना गरेका छन् । अपराधी जसरी ब्यबहार गरेर लामिछानेलाई थुनामा राख्नु गैरन्यायीक तथा सामाजिक प्रतिष्ठामा आँच पुग्ने बिश्लेषण धेरैको छ ।
 लामिछाने र अर्का सहकर्मी युबराज कंडेललाई समाचार कक्षबाट पक्राउ गरेकोप्रति बिभिन्न संचार संस्था तथा पत्रकारहरुले बिरोध गरेका छन् । यसले प्रेस स्वतन्त्रताप्रति सरकारको नियत सही नदेखिएको आरोप धेरेको छ । पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्नु आँफैमा निकै खेदजनक कार्य भएको संचारकर्मीहरुको भनाई रहेको छ । 
 चर्चित पत्रकार लामिछाने र कंडेल यहि साउन ३० गते न्युज २४ टेलिभिजन कार्यालयको समाचार कक्षबाटै पक्राउ परेका थिए । नेपाल पत्रकार महासंघ लगायत बिभिन्न संचार संस्थाले पत्रकारद्धय लामिछाने र कंडेलको रिहाईको माग गरेका छन् । उनिहरुलाई अर्का पत्रकार शालिकराम पुडासैनी मृत्युको घटनासंग जोडिएर हेरिएको छ । यहि आधार देखाएर प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।
 रवि लामिछाने पछिल्लो पटक नेपालको पत्रकारिता क्षेत्रमा सर्बाधिक चर्चित पत्रकार हुन् । उनका बिरोधीले पुडासैनी घटनामा फँसाउने खेल खेलेको केहि बिश्लेषकहरुको तर्क रहेको छ । भ्रष्टाचार, ढिलासुस्ती, बलत्कार, बिभिन्न अपराध, दलालीकरण क्षेत्रमा लागेका खराब ब्यक्ति बिरुद्ध खरो र इमान्दार ढंगले आफ्नो कार्यक्रम मार्फत लामिछानेले सुचना प्रवाह गर्दे आएका थिए । नेपालको टेलिभिजन क्षेत्रमा सर्बाधिक दर्शक कमाएको ‘सिधा कुरा’ कार्यक्रमलाई बन्द गराउन केहि बिरोधी तत्वले खेल खेलेको सर्बत्र चर्चा चलेको छ । बिभिन्न मिडियादेखि सामाजिक संजालका लाखौं स्रोता, दर्शक र पाठकले रवि लामिछानेको बचाउ गर्दे तुरुन्त रिहाईको माग गरेका छन् । उनको रिहाईको माग गर्दे देशका प्रमुख शहरहरुमा प्रदर्शन शुरु गरिएको छ ।