कमल खत्रीको पहिलो माया म्युजिक भिडियो आज सार्वजनिक हुदै

सुदिप लम्सालको शब्दले सबलाई छोएको छ l

भाद्र ०५,२०७६

-आस्था न्युज

भदौ ५ , २०७६ l कमल खत्रीको पहिलो माया बोलको नयाँ गीतको म्युजिक भिडियो आज  सार्वजनिक गरिदै छ  l युवाहरुले अति धेरै मन पराएको पहिलो माया बोलको गीतको म्युजिक भिडियो  आज  दिउसो युटुब मार्फत  अपलोड गरिदै छ l  

 

पहिलो माया टाईटल रहेको गीत युवाहरुलाई लक्षित छ l  गीतले प्रेमी-प्रेमिकाले एक अर्कालाई  तिमि मेरो पहिलो माया भएको आभास गराउन खोजेको छ l गीतकार एवं रचनाकार सुदिप लम्सालको मर्मस्पर्सी शब्द रहेको यस गीतले युवाहरु माझ छोटो समयमा लोकप्रियता कमाउन सफल भएको छ l

 

गायकार कमल खत्री र सिम्पल खरेलको जोडी  यस म्युजिक भिडियोमा देख्न सकिन्छ l  गीतको कथा र छायांकन पनि धेरै राम्रो रहेको र यसलाई सबैले मन पराउने रचनाकार सुदिप लम्सालले बताएका छन् l

लोकप्रिय गायक कमल खत्रीको मिठो स्वरमा सज्जित पहिलो माया बोलको गीतलाई कम्पोज पनि कमल खत्रीले नै गरेका छन् l सुत्र इन्टरटेनमेन्टमा रेकर्डिङ गरिएको यस  गीतलाई रिकेश गुरुङले अर्रेंज गरेका हुन् र रिकर्डोङमा एलिक के.सी. रहेका छन् l