एभीसी सेन्ट्रल जोन भलिबलः अफगानिस्तानलाई हराउँदै नेपाल पाँचौ स्थानमा

भाद्र ०६,२०७६

-

भदौ ६,२०७६ काठमाडौं ।
नेपाली पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको पाँचौ स्थान हासिल गरेको छ । 
 
शुक्रबार पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो  । 
 
ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालले ३-१ सेटको जित निकालेको हो । नेपालले पहिलो सेटमा २५-२३ को जित निकाल्न सफल भएको थियो । 
 
त्यस्तै दोस्रो सेटमा भने अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो दोस्रो सेट अफगानिस्तानले २५(२३ ले जित्न सफल भयो । तेस्रो सेटमा पुनः नेपालले २५-१८ को जित निकाल्न सफल भयो  । नेपालले चौथो सेट २५-२३ को जित निकाल्यो  ।
 
उपाधि उचाल्ने योजना बनाएर प्रतियोगिता खेलेको नेपाल पाँचौ स्थानमा सिमित भएको हो । 
 
नेपाल प्रतियोगिताको पहिलो खेलमा किग्रीस्तानसँग पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको थियो ।