सभामुखले संसद बैठकमै शिशुलाई काखमा राखेर दुध चुसाएपछी...!

भाद्र ०६,२०७६

-

भदौ ६,२०७६ काठमाडौं ।
यस वर्ष पनि विश्वभर ‘ब्रेस्ट फिडिङ डे’ मनाइयो । अगष्ट २२ मा यो दिवस संसारभर खासगरी महिला र महिलावादीहरुले मनाउने गर्छन् । 
 
त्यसो त, यो दिवसबारे अनेक बहस र विवाद समेत सुनिन्छ । यही विषयलाई लिएर न्युजिल्याण्डको संसदमा भने फरक दृश्य देखियो ।
 
संसारलाई नै पाठ सिकाउने गरी संसद चलिरहेका बेला न्युजिल्याण्डका सभामुख ट्रेबोर मलार्डले जे गरे यसको अहिले ब्यापक चर्चा हुँदैछ । खासगरी सामाजिक सञ्जालमा मालार्डको तस्बिर भाइरल नै बनाइएको छ । 
 
खासमा सभामुख मालार्डले संसद चलाउने बेला आफ्नो कुर्सीमा एक्लै गएनन् । उनले सँगै लिएर गएका थिए एक ‘अतिथि’लाई पनि । ती अतिथि कोही नभएर सांसद टमाटी कफेका नवजात शिशु थिए ।
 
कुर्सीमा उक्लिएर मालार्डले ती शिशुलाई काखमा च्यापेरै बोटलको दुध चुसाउन थाले । खासमा उनले ‘फिडिङ डे’ ‘सेलिब्रेट’ गर्द पनि यसो गरेका थिए । धेरैले उनलाई यसो गरेकोमा बधाइ र धन्यवाद दिए ।
 
एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘न्युजिल्याण्ड...तिमी सानो मुलुक हौला, तर तिमीले संसारलाई विशाल पाठ सिकाएका छौ । यो नै मैले संसारभर देखेको सर्वाधिक सुन्दर चिज हो ।’ कफेका छोरा ‘सरोगेट’ विधिबाट गत जुलाइमा जन्मिएका हुन् । 
 
अन्य मुलुकका सांसदहरुले पनि न्युजिल्याण्डको संसदको यस्तो गतिविधिलाई उदाहरणीय कामको रुपमा प्रसंशा गरे ।