दुवै मृगौला फेल भएका जनमुक्ति सेना थामीद्धारा उपचारका लागि सहयोगको याचना

भाद्र ०७,२०७६

-

भदौ ७,२०७६ काठमाडौं ।
दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटि अस्पतालमा उपचारत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५ (साविक वडा नं.४) बस्ने वर्ष ३६ को पूर्व जनमुक्ति सेना बुद्ध थामीको परिवारले उनको उपचारमा सहयोगको लागि याचना गरेको छ । 
 
शनिबार पूर्व जनमुक्ति सेना बुद्ध थामी बचाउ अभियानले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित परिवारले उपचारमा सहयोगको लागि याचना गरेको हो ।
 
वि.संं. २०५५ सालदेखि जनयुद्धमा होमिएका थामी परिवर्तनको योद्धा रहेको परिवारको भनाई छ ।
 
बुद्ध थामीको परिवारले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले परिवर्तनका लागि आफ्नो ज्यान बाजी लगाएर हिडेको योद्धाहरुको अन्त्यपछि सस्तो सम्मान प्रदान गर्नुभन्दा पनि हाम्रै अगाडि निभ्न लागिरहेको यस्ता परिवर्तनको दियोहरुलाई बचाउनु हामी सबैको कर्तव्य हो भन्ने आशयले पनि यो कार्यक्रम आयोजना गरिएको छ ।’
 
कार्यक्रममा पीडित बुद्ध थामीले आफूलाई बचाउनको लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने,‘म बाँच्न चाहन्छु, बाँचेर देशको अझैपनि सेवा गर्न चाहन्छु ।’ 
 
बुद्ध थामी बिरामी भएपछि कोठा दिन नमानिरहेको परिवारको गुनासो छ । बुद्ध थामीका छोराछोरी अरुको काम गरेर गाउँमा जीवन चलाईरहेका छन् । 
 
बुद्धलाई सहयोग गर्न चाहनुहुनेहरुले बुद्ध थामीको सम्पर्क नम्बर ९८४४४६५३२२ मा सम्पर्क गर्न र एन.आई.सी. एसिया बैंकको खाता नम्बर (NIC ASIA BANK 6557040986652401)  मा सकेको आर्थिक सहयोग गरिदिन परिवारले अपिल छ ।