भारतका राजनीतिज्ञ तथा पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

भाद्र ०७,२०७६

-

भदौ ७,२०७६ काठमाडौं ।
भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको आज शनिबार निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेट्लीको दिनको १२ बजेर ७ मिनेट जाँदा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
 
भारतीय लोकसभाका सांसदसमेत रहेका जेट्ली १५ दिनअघि ९ अगस्तमा एम्स अस्पतालमा भर्ना भएका थिए । उनी क्यान्सर र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । ६६ वर्षीय जेट्ली नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकाल ९सन् २०१४-२०१९० सम्म अर्थमन्त्री रहेका थिए ।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि समेत अर्थमन्त्रीको जिम्मेवारी लिन अनुरोध गरे पनि आफ्नो स्वास्थ्य अवस्थाका कारण जेट्लीले  सो प्रस्ताललाई स्वीकार गरेनन् ।
 
भारतीय जनता पाटीका दिग्गज  नेता मानिने वरिष्ठ  अधिवक्ता जेट्लीले अर्थ मन्त्रालयका अतिरिक्त रक्षा, कर्पोरेट अफेयर्स, उद्योग तथा वाणिज्य र न्याय तथा कानून मन्त्रीका रूपमा समेत जिम्मेवारी पूरा गरिसकेका थिए ।
 
सन् २००९ देखि २०१४ सम्म राज्यसभामा उनी विपक्षी दलका नेता थिए । उनी भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ताका रूपमा चर्चित कानून व्यवसायीसमेत थिए । 
 
उनको जन्म २८ डिसेम्बर १९५२ मा नयाँ  दिल्लीमा भएको थियो । उनले वाणिज्यशास्त्र र कानूनमा स्नातक गरेका थिए । विद्यार्थी जीवनबाट राजनीति प्रारम्भ गरी भारतीय जनता पार्टीको माथिल्लो तहसम्म स्थापित हुन्  सफल नेताका रूपमा उनलाई लिइन्छ । 
 
जेट्लीको निधनसंगै भारतीय जनता पार्टीर र समग्र भारतीयलाई नै अपूरणीय क्षति पुगेको कांग्रेसले समेत महसुस गर्दै  शोक व्यक्त गरेको  छ । यसअघि भारतीय जनता पार्टीकी नेतृ तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।           
 
पीएम मोदीको समवेदना 
 
भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले पूर्व वित्त मंत्री अरुण जेटलीको निधनमा  गहिरो  शोक व्यक्त गरेका छन्।  प्रधानमंत्रीले ट्वीटरमा  लेखेका छन्अरुण जेटली जी एक राजनीतिक दिग्गज थे, जो बौद्धिक और कानूनी रूप से जीवंत थे. वह एक मुखर नेता थे जिन्होंने भारत के विकास में स्थायी योगदान दिया। उनका निधन बहुत दुखद हैुु उनकी पत्नी संगीताका  साथै छोरा  रोहनलाई  संवेदना व्यक्त गर्दै  ओम शांति लेख्दै पीएम मोदीले  लगातार एक पछि  अर्को  ट्वीट गरेका छन्।