नेताहरुकै असहयोगले सामाजिक सुरक्षा योजना कार्यन्वयनमा समस्याः मन्त्री विष्ट

भाद्र ०८,२०७६

-

भदौ ८,२०७६ काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् ।
 
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सुचिकरणमा आवद्ध नभएको बताएका हुन् । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वहाना मात्रै भएको मन्त्री विष्टको भनाइ छ ।
 
मन्त्री बिष्टले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरि सबैको सामाजिक सुरक्षा योजनामा सुचिकरण गर्ने काम गरिने पनि बताए । 
 
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सुरक्षा योजनामा सुचिकृत हुन रोजगारदाता र श्रमिकलाई आव्हान गरे । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले एक वर्षसम्म सुरक्षा योजना कार्यान्वयन हुन नसक्नुको कारण खोजिनुपर्ने बताए ।
 
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिक दुबैले अपेक्षाकृत चासो देखाएका छैनन् । योगदान वापत संकलिन रकमको सुनिश्चितता,१५ वर्ष योगदान दिएको हुनुपर्ने लगायतका विषयमा जटिलता समेत देखिएको छ ।