मिस टिन नेपाल २०१९

सिन्डी बज्राचार्य बनिन मिस टिन २०१९ !

फस्ट रनरअप सबिना कार्की, सेकेण्ड रनरअपमा प्रज्ञा भण्डारी बन्न सफल भए l

भाद्र १३,२०७६

-आस्था न्युज, पारस पोखरेल

भाद्र १३  , २०७६ काठमाडौँ l काठमाडौँ जेसिसको प्रस्तुति नयाँ पत्रिका संगको अनुबन्धित राईट पाथ मिस टिन नेपाल २०१९ को ताज पहिरन सफल भईन  सिन्डी बज्राचार्य l  त्यस्तै फस्ट रनरअप  सबिना कार्की,  सेकेण्ड रनरअपमा  प्रज्ञा भण्डारी बन्न सफल भए l

 

मुख्य निर्णायक काठमाडौँ जेसिसका पुर्व अध्यक्ष ईन्द्र रत्न बज्राचार्यले “एक जना व्यक्तिको योगदान समाजको लागि कत्तिको महत्व हुन्छ “ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिदै सिन्डी बज्राचार्य मिस टिन नेपाल २०१९ बन्न सफल भईन l उनले व्यक्ति व्यक्तिको कार्यबाट समाजको योगदान हुने , प्रत्येक व्यक्ति समाजको अभिन्न अंग हो भन्दै आफ्नो बाबु र आमाको उदाहरण दिएकी थिईन l मिस टिन २०१७ सन्जु मोक्तानले बज्राचार्यलाई ताज पहिराउदै नयाँ मिस टिन नेपालका रुपमा  स्वागत गरीन  l

 

बिभिन्न विधाको टाईटल जित्न सफल प्रतियोगीहरुमा एफएनएस  मिस पर्सनालिटी प्रतियोगी नं. ७ प्रज्ञा भण्डारी, पिसफुल फाउनडेसन मिस ट्यालेन्ट प्रतियोगी नं. ९ शुशिला तामाङ, डिजीपेन मिस पपुलर  र नयाँ पत्रिका मिस औडीसन् चोइस प्रतियोगी नं. १२ अनु बस्नेत, डोर होटेल मिस डिसीपिलिन प्रतियोगी नं. २० प्रतिमा श्रेष्ठ, अल्टर क्रियशन मिस ईन्टेलिजेन्ट प्रतियोगी नं. १ सिन्डी बज्राचार्य , दि उईडिंग  मिस फोटोजेनिक  प्रतियोगी नं. १६ अभिलाषा खड्का, मिस ब्युटिफुल स्किन प्रतियोगी नं. १० महिमा चन्द भए l काठमाडौँ जेसीसका अध्यक्ष् जेसी भुवनकुमार श्रेष्ठले बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए l 

 

उत्कृष्ट पाचमा पर्न सफल प्रतियोगीहरु :

प्रतियोगी नं. ७ प्रज्ञा भण्डारी, प्रतियोगी नं. ६ खुश्बु आङदंगबे, प्रतियोगी नं. १ सिन्डी बज्राचार्य , प्रतियोगी नं. १४ सबिना कार्की, र प्रतियोगी नं. २० प्रतिमा श्रेष्ठ रहेका थिए l

 

दश उत्कृष्टमा पर्न सफल प्रतियोगीहरुमा:

प्रतियोगी नं. १ सिन्डी बज्राचार्य , प्रतियोगी नं. ७ प्रज्ञा भण्डारी, प्रतियोगी नं. १४ सबिना कार्की, प्रतियोगी नं. १७ प्रीति भट्ट, प्रतियोगी नं. २१ साधना थापा मगर, प्रतियोगी नं. १० महिमा चन्द, प्रतियोगी नं. २० प्रतिमा श्रेष्ठ, प्रतियोगी नं. ६ खुश्बु आङदंगबे, प्रतियोगी नं. १६ अभिलाषा खड्का, र प्रतियोगी नं. ११ अन्जली रिजाल रहेका थिए l  

 

मिस टिन नेपाल २०१९ का लागि निर्णायक मण्डलमा मुख्य निर्णायक काठमाडौँ जेसिसका पुर्व अध्यक्ष ईन्द्र रत्न बज्राचार्य , नायक कृष्ण मल्ल ,- सिन्डी बज्राचार्य, (तीन शब्दमा आफुलाई बर्णन) , मिस टिन नेपाल २०१५ ईभाना मानन्धर , नयाँ पत्रिकाका सहायक बजार प्रबन्धक आदित्य ठाकुर , राईट पाथका प्रबन्ध निर्देशक   फिलिप डिसी , चर्चित मोडल तथा कलाकार प्रशान्त ताम्राकार रहेका थिए l

 

कार्यक्रमको मुख्य प्रायोजक राईट पाथ करियर काउन्सेलीग रहेको थियो भने नयाँ पत्रिकाले अनुबन्ध गरेको थियो l आस्था न्युज अफिसियल अनलाइन मिडिया पार्टनर रहेको थियो l त्यस्तै सह प्रयोजकहरुमा मितभना,अल्टर क्रियशन ,रोयल पाल्म रिसोर्ट ,दामी र एसिसिए रहेका थिए l अफिसियल पार्टनरहरुमा फोटो स्टुडियो दि उईडिंग, डिजिटल भोटिंग डिजी पे , स्कुल अफ फेसन आईआईएफटि, ईमेज टेलिभिजन,ब्युटी ब्रिडल मेकअप स्टुडियो,मोकाप होटेल , मकालु खबर रहेका थिए l

अन्य सहयोगीहरुमा एफईएफ , फ्लाई टेक , बिम्बा फ्लिम, डल्फिन ईन्सषचुटुट, डिजाइनर ,एएनएक्स,केए ब्युटी फेस, मेरो टिभी एफ एण्ड एल,होटल एस , रहेका थिए l मिस टिन नेपाल २०१९ को ईभेन्ट पार्टनरका रुपमा  क्रियटिभ माईन्ड मेडिया एण्ड ईभेन्ट प्रा.लि. रहेको थियो l

 

मिस टिन नेपाल २०१९ का कार्यक्रम अध्यक्ष जेसी निरज खतिवडाले कार्यक्रम बारे जानकारी दिदै सबै सहयोगी तथा प्रायोजकहरुलाई धन्यबाद दिनु भएको थियो l तेन्जु योंचुंग डान्स कोर्डियोग्राफ रहेका थिए ,भने अफिसियल कोर्डियोग्राफ कुन्चान मोक्तानले गरेका थिए l

 

सन् २००२ देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मिस टिन नेपाल २०१९ को १९ औ शृंखला शुक्रबार सम्पन्न भएको छ l २१ जना प्रतिष्पर्धी माझ निक्कै कडा प्रतिष्पर्धा बीच सम्पन्न भएको मिस टिन नेपाल २०१९ सुन्दरी प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको हो l काठमाडौँ जेसिसले महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल र मिस टिन नेपाल आयोजना गर्दै आएको हो l १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता हो l

 

मिस टिन नेपाल २०१९ को सहभागी प्रतियोगीहरुमा :

प्रतियोगी नं. १ सिन्डी बज्राचार्य

प्रतियोगी नं. २ आयुषा पाठक

प्रतियोगी नं. ३ चण्डिका  थापा मगर

प्रतियोगी नं. ४ डोल्मा तामाङ

प्रतियोगी नं. ५ स्वस्तिका घिमिरे

प्रतियोगी नं. ६ खुश्बु आङदंगबे

प्रतियोगी नं. ७ प्रज्ञा भण्डारी

प्रतियोगी नं. ८ दिक्क्षिका थापा

प्रतियोगी नं. ९ शुशिला तामाङ

प्रतियोगी नं. १० महिमा चन्द

प्रतियोगी नं. ११ अन्जली रिजाल

प्रतियोगी नं. १२ अनु बस्नेत

प्रतियोगी नं. १३ भावना चौहान

प्रतियोगी नं. १४ सबिना कार्की

प्रतियोगी नं. १५ विजया लक्ष्मी प्रधान

प्रतियोगी नं. १६ अभिलाषा खड्का

प्रतियोगी नं. १७ प्रीति भट्ट

प्रतियोगी नं. १८ शिल्भा रम्बु भट्टराई

प्रतियोगी नं. १९ सुस्मिता श्रेष्ठ

प्रतियोगी नं. २० प्रतिमा श्रेष्ठ

प्रतियोगी नं. २१ साधना थापा मगर