क्यालिफोर्नियाको क्रुज द्वीपमा डुङ्गामा आगलागी हुँदा २५ जनाको मृत्यु

भाद्र १७,२०७६

-

भदौ १७,२०७६ काठमाडौं ।
दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ । 
 
क्यालिफोर्नियाको तटीय क्षेत्रमा सोमबार मध्यरात दुर्घटना भएको हो ।
 
बेपत्ता व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए । रासस