उपचुनावका लागि निर्वाचन आयोगलाई २५ करोड निकासा

भाद्र २२,२०७६

-

भदौ २२, २०७६ काठमाडौं ।
सरकारले उपचुनाव गराउन निर्वाचन आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । प्रतिनिधिसभाका १, प्रदेशसभाका ३ र एक मेयरसहित स्थानीय तहका ४७ स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुँदै छ ।
 
आयोगले उपचुनाव गराउन आवश्यक ३९ करोड रुपैयाँ सरकारसित माग गरेको थियो । सरकारले मागभन्दा १४ करोड रुपैयाँ कम रकम निकासा गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले २५ करोड निकासा आएको पुष्टि गर्दै नपुग रकम सरकारसँग पुनः माग गर्न सकिने बताए ।