महिला फुटबलमा उज्वेकिस्तानसँग नेपाली चेलीको हार

भाद्र २३,२०७६

-

भदौ २३, २०७६ काठमाडौं ।
नेपालले नदेज्दा कप महिला फुटबलमा उज्वेकिस्तानसँग हार ब्यहोरेको छ ।
 
सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो ।
 
खेलको ३४ औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २-० गोलको जित निकालेको हो ।
 
आयोजक राष्ट्र किर्गिस्तानलाई आइतबार नेपालले ८–२ गोलको फराकिलो जित निकालेको थियो । किर्गिस्तानविरुद्धको जस्तो राम्रो प्रदर्शन भने नेपालले गर्न सकेन ।
 
अब नेपालले अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को तयारीको रुपमा लिएको छ ।