फ्रान्समा गर्मीले एक हजार ४ सय ३५ जनाको मृत्यु

भाद्र २३,२०७६

-

भदौ २३, २०७६ काठमाडौं ।
यो गर्मी याममा तातोका कारण फ्रान्समा १ हजार ४३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा त्यति मानिसको मृत्यु भएको जनाइएको छ । 
 
फ्रेन्च स्वास्थ्य मन्त्रालयले एक वक्तव्य जारी गरी जनाएअनुसार हिट वेभ्सका कारण मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी हो ।
 
यो गर्मी याममा फ्रान्स र अन्य युरोपेली मुलुकमा रेकर्ड ब्रेकिङ्ग तापक्रम देखिएको थियो । जसअनुसार ४५ डिग्री सेल्सियससम्म तापक्रम फ्रान्सको दक्षिणी सहर गालारगुज ले मोन्टुएक्समा पुगेको थियो । 
 
सीएनएन