टी–२० ट्राइ सिरिजःअफगानिस्तानद्वारा बंगलादेश २५ रनले पराजित

भाद्र ३०,२०७६

-

भदौ ३०, २०७६ काठमाडौं ।
बंगलादेश टी-२० ट्राइ सिरिजमा अफगानिस्तानले जित हात पारेको छ । अफगानिस्तानले घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्‍यो ।
 
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
 
अफगानिस्तानका लागि मोहम्मद नाबीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा ८४ रनको योगदान दिए । उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै अस्गर अफगानले ४० रन बनाए । अन्य खेलाडी सस्तैमा आउट भए ।
 
बलिङतर्फ मोहम्मद सैफुद्धिन एक्लैले चार विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।
 
१६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९।५ ओभरमा १३९ रनमा अलआउट भयो । बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ४४ रनको योगदान दिए । अन्य कसैले २० रन कटाउन सकनेन् ।
 
बंगलादेशलाई कम स्कोरमा रोक्नका लागि अफगानिस्तानका मुजिब उर रहमानले चार विकेट लिए । त्यस्तै फरिद अहमद, राशिद खान र गुलबदिन नाइबले दुई-दुई विकेट बाँढे ।