सेप्टेम्वर २० देखी हुने रग्वी वल्र्डकपका लागि नेपाली रग्वी खेलाडी जापान प्रस्थान

भाद्र ३१,२०७६

-

भदौ ३१, २०७६ काठमाडौं ।
सन् २०१९ सेप्टेम्वर २० देखी सुरुहुन लागेको रग्वी वल्डकप अन्तर्गत एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै ग्(ज्ञड महिला क्याप्टेन मुस्कान आले मगर र ग्(ज्ञड पुरुष अविषेक वि.के.जापान प्रस्थान गरेका छन ।
 
रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा मंगलवार रग्वी टोली जापान प्रस्थान गरेको हो
 
प्रतियोगितामा एसियावाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागि जनाउने छन् । 
 
यसले भविष्यमा रग्वी खेललाई विकास र विस्तारको सहयोग पुग्ने उद्धेश्यले विश्व रग्वीले निमन्त्रणा गराएको संघका सचिव गोविन्द घिमिरेले जानकारी गराएका छन् । खेलाडीहरुलाई संघका अध्यक्ष टंकलाल घिसिङ्ग ,महासचिव चेतनराज गिरिले नेपाल रग्वी संघको कार्यालयवाट विदाई गरेका  छन् ।