कतारलाई आप्रवासी कामदारमाथि गलत व्यवहार रोक्न एमनेष्टी इन्टरनेशनलको आग्रह

आश्विन ०३,२०७६

-

असोज ३,२०७६ काठमाडौं ।
एमनेष्टी इन्टरनेशनलले कतारमा आप्रवासी कामदारमाथि गलत व्यवहार निरन्तर जारी रहेको आरोप लगाएको छ ।
 
सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा रहेको कतारले भौतिक पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारहरुसँग निरन्तर रुपमा गलत व्यवहार जारी राखेको एमनेष्टीको ठहर छ । 
 
एमनेष्टीको प्रतिवेदन अनुसार कतारमा सयौं कामदारले बिना तलब काम गरिरहेका छन् । कामदारहरुको हितका लागि सघाउन भनेर स्थापना गरिएका नयाँ संयन्त्रले समेत उनीहरुको अधिकार सुनिश्चित गर्न नसकेको उक्त संस्थाको भनाइ छ ।
 
गत वर्ष ६ हजार भन्दा बढी उजुरी परे पनि अधिकांशको समस्या समाधानमा चासो नेदेखाइएको एमनेष्टीको प्रतिवेदनमा उल्लेख छ । कतार प्रशासनलाई एमनेष्टीले श्रम शोषणको लाजमर्दो वास्तविकता अन्त्य गर्न आग्रहसमेत गरेको छ । एजेन्सी