एक वर्षभित्र सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सबै काम सम्पन्न हुने

आश्विन ०३,२०७६

-

असोज ३,२०७६ काठमाडौं । 
सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका बाँकी सबै काम सम्पन्न हुने बताएका छन् ।
 
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेम्वाङले आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिले यसै हप्ता पदाधिकारीको नाम सिफारिस गरिसक्ने बताए ।
 
उनले पदाधिकारी सिफारिस गर्न द्वन्द्वपीडितहरुसँग परामर्श भइरहेको जानकारी दिए ।
 
अहिलेको ऐनले पीडितहरुलाई न्याय दिन नस्कने भन्दै उनले संशोधन गरिने बताए ।
 
विवादित बनेका सरकारी विधेयकमा सरकारले संशोधनको तयारी गरेको भन्दै नेम्वाङले यसले आमूल परिवर्तन ल्याउने जिकिर गरे ।
 
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारलाई संविधानप्रति उत्तरदायी भएर जनताको हितप्रति काम गर्न आह्वान गरे ।
 
सरकारले आफूले गरेका कामहरुको आफैंले मूल्यांकन गरी त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो ।
 
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका नेता महेन्द्र राय यादवले संविधान जारी गर्दा सबै राजनीतिक दलले हस्ताक्षर नगरेको भन्दै अपूरो संविधान आफूहरुलाई स्वीकार्य नरहेको बताए ।
 
संविधान संशोधन सबै राजनीतिक दलको एजेन्डा भएपनि सरकारले बेवास्ता गरिरहेको उनको भनाइ थियो ।