काठमाडौं जेसिसले स्वर्ण महोत्सव मनायो

आश्विन ०४,२०७६

-

काठमाडौं । ५० बर्ष पुगेको उपलक्ष्यमा काठमाडौं जेसिसले आफ्नो स्वर्ण महोत्सव भब्यताका साथ मनाएको छ । ‘शासन ब्यक्तिको होइन बिधीको हुनुपर्छ’ भन्ने मुलमन्त्र लिएर संसारभर फैलिएको जेसिस नेपालमा गठन भएका च्याप्टर मध्येको काठमाडौं जेसिस एक पुरानो शाखा हो । काठमाडौं जेसिसमा धेरै प्रख्यात ब्यक्तिहरु सदस्य भइसकेका छन् ।


युवाहरुको क्षमता र बृद्धि बिकासलाई जोड दिएर जेसिसले नेपालमा धेरै सामाजिक काम गरिसकेको छ । काठमाडौं जेसिसले पनि स्थापनाकालदेखि बिभिन्न सामाजिक काम गर्दे उल्लेखनीय भुमिका निर्वाह गर्दे आएको छ । होटल अन्नपुर्णमा गरिएको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै काठमाडौ जेसिसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले जेसिस युवाहरुको ढुकढुकी भएकोले सृजनात्मक काममा अझै अघि बढ्ने दृढता ब्यक्त गरे । उनले जेसिसका अग्रज सदस्य तथा पुर्व अध्यक्षहरुलाई सम्मान ब्यक्त गर्दे काठमाडौ जेसिस सामाजिक काम र देश निर्माणमा सहयोगी बनेर सधैं हातेमालो गर्न तयार रहेको बताए ।


 प्रमुख अतिथी रहेका कृषिमन्त्री चक्रपाणि खनालले स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्दे काठमाडौं जेसिसलाई बधाइ ज्ञापन गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । जापानबाट आएका योनायो जेसिसका अध्यक्ष जेसी इन्यु अकिराले काठमाडौं जेसिसले मनाएको स्वर्ण महोत्सवलाई हृदयदेखि शुभकामना ब्यक्त गरे । कार्यक्रममा नेपाल जेसिसका संस्थापक अध्यक्ष डा. भेषबहादुर थापा लगायत काठमाडौ जेसिसका पुर्व अध्यक्षहरुले शुभकामना ब्यक्त गरेका थिए ।

काठमाडौ जेसिसका शुशिलवावु श्रेष्ठ, रत्नकाजी श्रेष्ठ, रामकाजी ओझा, अन्जिला खड्का, अनुप सुनुवार, अमिस ढकाल लगायतले जेसिसको महत्व र सदस्यहरुको भुमिका माथि चर्चा गरेका थिए ।  काठमाडौ जेसिसले स्वर्ण महोत्सव कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार ब्यक्त गर्दे धन्यबाद दिएको थियो ।