दशैं नजिकिंदै गर्दा चौपट मुल्य बृद्धि, बिचौलियाले नै मन्त्री समक्ष पैसा पठाउँछन्

आश्विन ०९,२०७६

-

-आस्थान्युज बिशेष रिपोर्ट–
काठमाडौं । जति दशैं नजिक आइरहेको छ, उति बजारमा सामानको भाउ बढेको छ । सामाानको मुल्य ब्यापारीले होइन, बिचौलियाले बढाएर महंगीमा बेच्न दबाब दिइरहेका छन् । सस्तोमा सामान बेचे कारवाही गर्ने सरकारका कार्यकर्ता र मन्त्रीका बिचौलियाले ब्यापारीलाई धम्की दिने गरेका प्रमाणहरु भेटिएका छन् ।
 
सरकारी कर्मचारी अनुगमनमा जाँदा बिचौलियाले कर्मचारीलाई धम्की दिंदै भनेका छन्,‘ तपाईहरु अनुगमन मात्र गर्नुसर्, तर, महँगी घटाउन आदेश दिन पाउनु हुन्न ।’ अनुगमनमा जाँदा हामीले उल्टै सरकार निकटका कार्यकर्ताबाट धम्की खान परेको एक कर्मचारीले बताए ।
 
यसमा  उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री, कृषि मन्त्रीहरुको प्रत्यक्ष संलग्नता रहेको अनुमगमनमा खटिएका एक कर्मचारीले बताए । उदाहरणका लागि , १० रुपँया प्रति केजीको बन्दा अहिले ६० रुपँया पुगेको छ ।
 
यसरी नै हरेक सबै बस्तुमा चर्को भाउ बढाइएको छ । बढाइएको रकम बिचौलियाले सत्तारुढ दलका नेता र मन्त्रीहरुलाई पठाउने काम गरेका छन् । सत्तारुढ दलका कार्यकर्ताले दशैं खर्च उठाउन र मन्त्रीदेखि नेताहरुलाई पैसा पठाउन बिचौलियाले महँगी बढाएको कर्मचारीहरुको भनाइ रहेको छ । तरकारी, खाद्यान्न, लत्ताकपडा र अन्य आयातीत बस्तुमा बिचौलियाले भुमिका खेल्दै आएका छन् ।
 
यसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका करिब ५ हजार कार्यकर्तालाई बिचौलिया बनाएर भर्ति गरिएको स्रोतले दावी गरेको छ । सत्ता चलाउने दलले नै बिचौलिया पालेपछि अनुगमनले काम नगर्ने कर्मचारीहरु बताउँछन । तिजदेखि नै सत्तारुढ दलले बिचौलिया भर्ति गरेको थियो । यसमा टोले गुण्डादेखि बिरोजगार नेकपाका कार्यकर्ताहरु संलग्न छन् । उनिहरुले अन्य ब्यापारी तथा कृषकलाई सोझै कृषकको बारीबाट बजारमा तरकारी लान दिंदैनन् ।
 
बिचौलियाले खरिद गरेपछि मात्र अन्यले किन्न पाउँछन् । भारत तथा अन्य मुलुकबाट आउने सामग्रीलाई सोझै ब्यापारी कहाँ सामान लान दिंइदैन । पहिला बिचौलियाले किनेर अनि केहि प्रतिशत नाफा खाएर मात्र ब्यापारीले किन्न पाउँछन् । बिचौलियालाई नाफाको प्रतिशत दिनुपर्ने भएकोले चौपट महंगी बढेको ब्यापारीहरुको गुनासो छ । 
 
बजार अनुगमनकर्ताका अनुसार, अहिले तरकारीमा ३ सय प्रतिशतसम्म मुल्य बृद्धि गरिएको छ । यो मुल्य बृद्धि प्रतिशत यो शताब्दीकै सबैभन्दा उच्च हो । २००१  सालदेखिको रेकर्ड हेर्ने हो भने यति धेरै मुल्यबृद्धि अहिलेसम्म कुनै सरकारको पालामा कहिल्यै भएको थिएन ।
 
पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाएपछि जनतालाई चुस्नेगरि यति बिघ्न महंगी बढाएको एक जानकारले बताए । यहि अनुपातमा महंगी बढ्यो भने २ बर्ष भित्र नेपालमा भोकमरी शुरु हुने अनुशन्धानकर्ताले चिन्ता ब्यक्त गरेका छन् । बिश्वमै नेपाल आर्थिक रुपले असफल देश सावित भइसक्ने उनिहरुको तर्क छ । 
 । 
नेकपाले पालेका बिचौलियका कारण उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ । यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो ।
 
उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा गलत रिपोर्ट देखाइएको थियो । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो । मूल्य वृद्धिदर उच्च हुँदा उपभोक्ता मर्कामा पर्छन् नै, सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा पनि असर गर्ने विज्ञ बताउँछन् ।
 
यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । मूल्य वृद्धि हुँदा कच्चा पदार्थ र श्रमिकको ज्याला लगायतले निर्माण महँगो हुने विज्ञहरूको तर्क छ । अघिल्ला वर्षहरूमा मुद्रास्फीति दर तल्लो तहमा रहेकाले सरकारलाई सहज थियो । बजारमा फलफूल तथा तरकारीको मूल्य तथा मजदुरको ज्यालादर वृद्धि र भारतीय प्रभावले नेपालमा मूल्य वृद्धिदर बढेको राष्ट्र बैंक अनुसन्धान विभागका एक अधिकारीले बताए ।
 
 काठमाडौं उपत्यकामा औसत मूल्य वृद्धिदर ८.६३, तराईमा ६.४६, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत छ । ०७५ साउनमा काठमाडौं उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ प्रतिशत र हिमालमा २.७४ प्रतिशत मूल्य वृद्धिदर थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा वार्षिक विन्दुगत थोक मूल्य वृद्धिदर ७.०२ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा यो ६.४० प्रतिशत थियो । समीक्षा अवधिमा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मूल्य वृद्धिदर क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत छ । प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च छ ।
 
सत्तारुढ नेकपाले बिचौलियालाई खटाएर यहि बेला नेता कार्यकर्ता र पार्टीका खातामा धेरै भन्दा धेरै पैसा जम्मा गर्न लबिङ शुरु गरेको छ । अब सोझै चन्दा माग्न आबस्यक छैन, महंगी बढाएर पैसा उठाउने हो, सत्तारुढ नेकपा स्रोतले बिचौलिया कार्यकर्तालाई निर्देशन गर्दे भनेको छ, ‘हिजो सत्तामा नहुँदा चन्दा उठाउन पथ्र्यो , आज सत्ता र शक्ति आफ्नै भएकोले जनता कहाँ सोझै चन्दा लिन जान पर्देन ।
 
महंगी बढाएर यहि बेला सबै नेता र पार्टीका खातामा पैसा जम्मा गर्न अनुरोध गर्छौं ।’ अनुगमन कर्मचारी स्रोतले फेला पारेको एक बिबरण अनुसार, सत्तारुढ दलले काठमाडौ उपत्यकामा महंगी बढाउन र सामान अभाव गराउन ५ हजार कार्यकर्तालाई भर्ति गरेको छ । कुनै ब्यापारीले महंगी घटाए त्यो ब्यापारीलाई कारवाही गर्न आदेश दिने र सकेको महंगी बढाएर उक्त रकम नेकपाका नेता तथा पार्टीको खातामा पठाउन सत्तारुढ दल नेकपाले आफ्ना हजारौं बिचौलिया परिचालन गरेको स्रोतले दावी गरेको छ । 
 
 त्यसैगरि, सत्तारुढ दलले अनुगमनका लागि आफ्ना समर्थक कर्मचारीलाई मात्र बजारमा पठाउने निर्णय गरेको छ । अन्य दल निकट वा स्वतन्त्र कर्मचारीले बजार अनुगमन गर्दा बास्तविक तथ्य बाहिर आउने भएकोले महंगी बढाएर रकम संकलनमा बाधा हुने भन्दै सत्ता निकट कर्मचारी संगठनका कर्मचारीलाई मात्रै अनुगमनमा पठाउने निर्णय गरेको बाणिज्य तथा आपुर्ति मन्त्रालय स्रोतले जनायो ।
 
उता महंगी बढाउन सत्तारुढ दलले नै बिचौलिया खटाएपछि प्रहरी दिक्क भएको छ । सरकार चलाउन दलले जनतालाई भोकभोकै मार्न बिचौलिया खटाएर महंगी बढाएको नेपालको इतिहासमा यो पहिलो भएको उपभोक्ता हितमा काम गर्ने बिभिन्न संघ सस्थाहरुले जनाएका छन् ।